चितवन । मुग्लिन नारायणगढ सडकको बतासे डाडामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । मङलबार राति ८ बजे सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहाडनै खसेपछी पन्छाउन काठिन भएको छ । यो सडक खण्डको अन्य स्थानमा पनि साना पहिरो खस्दा बाटो अबरुद्ध भएको थियो । बाटो अबरुद्ध भएपछी मुग्लिन जान र भरतपुर आउन समेत समस्या भएको छ । पहिरो पन्छाउने काम छिट्टै सुरु हुने बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनु भयो । बाटो अबरुद्ध भएपछी पहिरो माथिबाटै मोटरसाइकल डोर्याएर जोखिममा यात्रा गर्न थालेका छ्न । चितवन र धादिङ जोड्ने मोवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । सो स्थानको अबलोकन गरेर फर्किदा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहित रोकिनु भएको थियो ।








