काठमाडौं । सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








