नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले गए राति रु १७ लाख बराबरको खसीबोका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याइएको ८५ वटा खसीबोका सुस्ता गाउँपालिका–५ रतनगञ्ज क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वार्टरको टोलीले बरामद गरेको हो । बरामद गरिएका सबै खसीबोकालाई आवश्यक कारवाहीका लागि आज महेशपुर भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खतियाले जानकारी दिनुभयो । पछिल्लो पटक यस जिल्लामा भारतबाट अवैधरुपमा नेपाल भित्रिने विभिन्न मालसामान सशस्त्र प्रहरीले र नेपाल प्रहरीले टोलीले बरामद गर्दै आएको छ ।








