चितबन । जिल्ला प्रहरी कार्यालय चितबनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् ।आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै देखिएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिकामा ९४ जना, राप्ती नगरपालिकामा २६ जना, रत्ननगर नगरपालिकामा २४ जना, कालिका नगरपालिकामा १५ जना ,खैरहनी नगरपालिकामा १४ जनाले, माडी नगरपालिकामा १० जनाले र इच्छाकामनामा गाउपालिकामा २ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर १ सय ४५ जनाले , विष खाएर ३६ जनाले ,हाम फालेर ३ जनाले , हातहतियारबाट १ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ४५ वर्षदेखि ६० वर्ष उमेर समूहका धेरै व्यक्तिले आत्महत्या गरेका छन् ।१८ वर्ष मुनिका १५ जना , १८ देखि २५ वर्षका ३३ जना ,२५ देखि ३५ वर्षका ३४ जना , ३५ देखि ४५ वर्षका ३४ जना, ४५ देखि ६० वर्षका ३९ जना र ६० वर्ष माथिका ३७ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार शैक्षिक योग्यताका आधारमा सबैभन्दा धेरै सामान्य लेखपढ गर्न सक्ने मानिसले आत्महत्या गरेका छन् । तथ्यांक आधारमा सामान्य लेखपढ गर्न जान्ने १०१ जना, लेखपढ गर्न नसक्ने ४३ जना ,एसईई देखि उच्चमाध्यमिक ११-१२ मा अध्ययन ३४ जना र यो भन्दा माथीका ७ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी समस्याका कारण ७७ जनाले, प्रेम सम्बन्धका कारण ९ जनाले, मानसिक विचलनका कारण २१ जनाले, अत्याधिक मादक पदार्थ सेवनका कारण १२ जनाले , कारण नखुलेकोमा ६६ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १०२जना कृषक, ११जना गृहिणी, ४जना बेरोजगार, २८जना मजदुर , २९ जना विद्यार्थी , १२जना व्यापारी, ३जना कर्मचारी र ४ जना अत्यले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुर्य थापाले आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । ‘प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न विभिन्न वैकल्पिक उपाय र विभिन्न विभाग एवम् विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ’ उनी बताउछन् ।








