• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

बागमतीका कृषकले दूधको अनुदान असार भित्रै पाउने

  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले दुध र पशु श्रोत केन्द्रलाई बिनियोजन गरेको अनुदान रकम असार भित्रनै उपलव्ध गराउने गरी काम अघि बढाएको छ । पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय मार्फत दिइने यो अनुदानबाट बागमती प्रदेश भित्रका १ लाख भन्दा वढि कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । मन्त्रालयका सचिब डा. शरण कुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु श्रोत केन्द्रका लागि रु १ करोड ६० लाख अनुदान रकम बिनियोजन गरिएको छ ।

    आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै पाण्डेले भन्नुभयो “असार भित्रै हामी अनुदान रकम बाँढ्ने गरी काम गर्दै छौं ।” निर्देशनालयमा रहेका केही कर्मचारीहरुले प्रकृया अघि नबढाए पछि कृषकहरुको चौतर्फि दबाब परेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिब किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रकृया अघि बढ्न ढिला भएको थियो । उहाँका अनुसार काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि वढाएको उहाँले बताउनुभयो । दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु ८ करोड पाएका थिए ।

    चितवनमा यस वर्ष १ सय ४ वटा सहकारी संस्थाले अनुदानका लागि आबेदन दिएका छन् । बगालेले भन्नुभयो “आधाभन्दा बढि अनुदान रकम चितवनका किसानले पाउँछन् ।” निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु २ अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आबश्यक पर्ने उहाँ बताउनुहुन्छ । गत वर्षको जति नपाए पछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उहाँको भनाई छ । आँफुहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चीत हुने अबस्थामा पुगी सकेको उहाँ बताउनुहुन्छ ।

    सचिब पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागे संगै अनुदान रकम भूक्तानी गर्न सकिने बताउनुभयो । कृषकको चौतर्फि दबाब पछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि वढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरण बिपरित गोपन्यता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रकृया समेत अघि वढाएको छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केरा व्यवसायी संघ चितवनले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि वढाएकोमा खुशि प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.