• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साहित्य सङ्गमद्वारा हेटौंडामा स्रष्टालाई सम्मान

  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ । गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ ।

    रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई सम्मानित गरिएको छ । उनलाई सम्मनपत्रका साथ १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यस्तै, हास्यव्यङ्ग्यकार डा। गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ बाट क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिएको छ ।

    पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानसहित जनही १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्मा रहेका थिए । कार्यक्रममा हास्यव्याङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा निखिलले रिमाल र श्यामप्रसाद शर्माको व्यक्तित्व र कृतिव्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यका पुर्षोत्तम आचायले रिमालको ‘ आमाको सपना’ कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार सिएम रिमालले गोपालप्रसाद रिमालको प्रतिमा स्थलको गेट जिर्ण भएकाले नयाँ गेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै, कार्यक्रममा साहित्यकार नागेन्द्रराज शर्मा, पावन आलोक, रामप्रसाद पन्तले साहित्य सङ्गमले सञ्चालन गरेको पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

    साहित्यकारत्रयले पुस्तक सङ्गमकी अध्यक्ष अनिता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । साहित्यकार पवन आलोक, रामजीप्रसाद पोखरेल, रामप्रसाद पन्त, शंकर भारती, देविकानन्द तिमल्सिना, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, झरनाका अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल,साहित्यकार देवराज खरेल, हृदय रोग निवार प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, सुर्दशन फाउण्डेशनका अध्यक्ष सुर्दशन अधिकारीलगायतको सहभागिता रहेको थियो ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.