• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जीवनमरणको दोसाँधमा आठ वर्षीय बालक आयुषलाई आर्थिक सहयोग गर्न परिवारको अपिल

  •   सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । विद्यालयमा खेल्दै पढ्दै गर्ने उमेरका आयुष चौधरी यतिबेला जीवनमरणको दोसाँधमा छन् । रक्त क्यान्सरको उपचार गराइरहेका आठ वर्षीय बालक दुई वर्षदेखि क्यान्सर अस्पतालको बेडमा छट्पटिरहेका छन् । उपचार गर्ने पैसाको अभाव भएपछि उनका बुबाआमा अब के गर्ने भनेर सोच्न सकिरहेका छैनन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि छोराको रोग निको नभएपछि रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१० का सरोजकुमार चौधरीले छोरा आयुषलाई दुई वर्षअघि चितवन ल्याएका हुन् ।

    छोराको उपचारमा अहिलेसम्म करिब १८ लाख रूपैयाँ खर्च भइसकेको उनी बताउँछन् । अहिले चिकित्सकले लेखेर दिएको औषधि किन्न र खान–बस्न पैसा नभएको उनले बताए । सरकारले उपचारमा दिने एक लाख रूपैयाँ छूट पनि सकिइसकेको उनको भनाइ छ ।बिरामी आयुषलाई अस्पतालले निःशुल्क खाना दिन्छ । छोराको रेखदेख गर्न बुबाआमा दुवै अस्पतालमै छन् । बुबाआमामध्ये एक जना अस्पतालकै कुरूवा घरमा प्रतिदिन ४० रूपैयाँ भाडा तिरेर बस्छन् । एक जना छोरासँगै बस्छन् ।

    छोरा सिकिस्त हुनथालेपछि उनीहरुले गएको माघमा अस्पताल ल्याएका हुन् । जेठ १ गतेदेखि आयुषका दुईवटै खुट्टा चल्न छाडेको छ । उनलाई नियमितरुपमा केमु चढाइएको आयुषका बुबाले बताए । ‘उपचार गर्दागर्दै दुईवटै खुट्टा चल्न छाड्यो, दाहिने आँखाले देख्न पनि सक्दैन’, उनले भने, ‘अण्डकोषमा पनि क्यान्सर सरेछ, अहिले सेकाइ भइराछ । यसको चारैतिर क्यान्सर फैलिएको छ ।’ उपचार गर्दा आफूसँग भएको अलिकति पैसा पनि सबै सकिएको उनले बताए । विदेश र गाउँघरका साथीभाइ र आफन्तले एक लाख रूपैयाँ सहयोग गरेका थिए ।

    नगरपालिकाले पनि २५ हजार रूपैयाँ सहयोग गरेको उनले बताए । सम्पत्तिको नाममा सुकुमबासी बस्तीमा बनाएको माटोको कच्ची घरमात्रै बाँकी रहेको उनले गुनासो गरे ।‘अहिले त खानलाई पनि पैसा छैन, सबै सकिइसक्यो’, उनी भन्छन्, ‘डाक्टरहरु आफैँले पनि २५ हजार सहयोग गर्नुभयो, त्यो पनि सकियो ।’ लगातार ज्वरो आएपछि सरोजले छोरालाई स्थानीय मेडिकलमा देखाएका थिए । चिकित्सकले टाइफाइड भएको बताएका थिए । टाइफाइडको उपचार हुँदै गर्दा केही दिनदेखि आयुषको खुट्टा दुख्न थाल्यो ।

    दुखाइको पीडाले छोरो रोइरहेपछि थप उपचारका लागि वीरगन्ज ल्याए । त्यहाँ चार दिन राखेर तिहारको दिन छोरालाई उनले घर लगे । करिब १२ दिनपछि छोराको खुट्टा र हात दुवै दुख्न थाल्यो । छोराले दुखाइ सहन नसकेपछि उनले चितवन मेडिकल कलेज ल्याए । त्यहाँ दुई दिनसम्म उपचार भयो, तर रोग निको हुने सङ्केत देखिएन । उपचारका क्रममा चिकित्सकले क्यान्सरको आशङ्का गरेपछि परीक्षणका लागि उनले छोरोलाई क्यान्सर अस्पताल ल्याए । क्यान्सर अस्पताल लगेको एक महिनापछि छोरालाई रक्त क्यान्सर भएको पुष्टि भएको हो ।

    ‘सिएमसीमै डाक्टरले क्यान्सरको आशङ्का गरेपछि हामी आत्तिसकेका थियौँ, निको हुँदैन कि भन्ने सोच्यौँ’, उनले सम्झे, ‘क्यान्सर अस्पताल ल्याएपछि पनि एक महिनासम्म ज्वरो निको नै भएन । बोनम्यारोको चेक गरेपछि क्यान्सर भएको थाहा भयो ।’ कुलप्रसाद काफ्ले

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.