काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर सोमबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








