• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नारायणी लिफ्टबाट अब बाह्रै मास पानी : भरतपुर महानगर प्रमुख रेनु दाहाल

  •   मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पु¥याउदैं आएको नारायणी लिफ्टको स्तर बिकासमा भरतपुर महानगर विशेष सक्रियता देखाएको छ । महानगरले लिफ्टबाट वर्षैभरि पानी प्रवाह होस भन्ने उद्येश्यले नयाँ उपकरण जडानको काम अगाडी बढाउने जनाएको छ । महानगर प्रमुख रेनु दाहालले अहिले यसलाइ नयाँ उपकरण जडान गरी वर्षैभरी पानी छाड्ने योजना सहित काम थालिएको बताईन् ।

    उनले लिफ्टको स्तरीकरणका लागी बिशेष चासो राख्दै लिफ्टको निरिक्षण गरी स्तरीकरणका लागी आवस्यक पहल गरेसंगै लिफ्टमा नयाँ उपकरण जडानका लागी प्रक्रिया थालनी भएको छ । नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर खेमबहादुर पाठकले यो आयोजना लाई कम खर्चीलो बनाउदै बाह्रै महिना पानी दिन सक्ने गरी यसको बिकास गर्न प्रमुख दाहालले बारम्बार आफुहरुलाई सुझाव दिदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाएसंगैे लिफ्टको स्तर बिकासका लागी काम शुरु गरिएको बताईन् ।

    महानगर प्रमुख दाहाल आफैं पटक पटक लिफ्टमा पुगेर निरिक्षण गरी अर्को कुनै बिकल्प नहुदा सम्म यसलाई ब्यवस्थीत बनाउदै किसानलाई बाह्रै मास पानी दिन आग्रह गरेको उनले बताए । नहरका संरचनाको संरक्षणमा पनि ख्याल गर्न दाहालले बढि जोड दिएको पाठकले बताए । हाल लिफ्टले धानखेतीका लागि वर्षायाममा मात्र पानी छोड्ने गर्दछ । २ हजार लिटर प्रतिसेकेन्डका २ वटा र ४ हजार लिटर प्रतिसेकेन्डका २ वटा गरी ४ बटा पम्म जडान गरि लिफट मार्फत नहरमा पानी पठाइदै आएको छ ।

    यी पम्पहरु पुराना र खर्चिलो हुन थालेपछि नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले नयाँ मोटर जडान गरी हिउँदमा पनि पानी प्रवाह गर्ने योजना बनाएको छ । प्रमुख पाठकका अनुसार लिफ्टमा ४ वटै मोटरहरु नयाँ जडान गर्नका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ । ३५ देखी ४० करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम स्थानिय तह र अन्य निकायबाट पुनः प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठकले बताए । उनले भने–‘हाल सञ्चालनमा आएको पम्प ११ हजार भोल्टबाट चल्छ भने अब नयाँ पम्प ६ दशमलव ६ हजार भोल्टबाट चल्ने र खर्च पनि कम हुन्छ ।’

    हाल भएका पुराना पम्पको मोटर पानी माथी छन् भने अबको नयाँ पम्प समर्सियल (पानीमुनि राखिने) किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले लिफ्टले भरतपुर महानगरपालिकाको ३ हजार ५०० हेक्टर जमिनमा प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताए । ‘झट्ट हेर्दा यो आयोजना खर्चीलो देखिएपनि यो लिफ्ट नभए चितवनमा सिचाईनै हुँदैंन्’–उनले भने–‘ पम्प सन्चालनमा ३ करोढ बार्षीक खर्च भएपनि यसले १८ करोड बराबरको धान उत्पादन गर्दै आएको छ, अर्को बैकल्पिक बाटो नहुँदा सम्म अब नयाँ मोटर जडान गरी हिउँदमा पनि पानि पठाउने तयारी थालेको छौं ।’

    विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका विभिन्न वडामा पठाएर जमिन सिंचित गरिदै आएको छ । भरतपुर महानगरपालिका–१ नारायणगढमा राखिएको पम्पले नारायणी नदीको पानी तानेर भरतपुर महानगर क्षेत्रमा कुलोबाट पठाउदैं आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ ।

    बाह्रै महिना पानी दिन सके हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ र चितवनमा उन्न उत्पादनमा बृद्धि हुनेछ । महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने प्रमुख पाठक बताउछन् । यो नहरको स्तर बिकासका लागी भरतपुर महानगर र प्रदेश सरकार निकै क्रियासिल रहेको र बारम्बार निरिक्षण गरी यसको बिकासमा सहयोग गर्ने गरेको पाठकले बताए । चितवनमा बस्ती बस्ने क्रम बढेसंगै नहरका संरचनाहरु अहिले पुरै मिचिएका छन् । ति नहरहरुमा अहिले सडक, होटल, पार्टी प्यालेस समेत बनाईएको छ । स्थानियबासीहरुका अनुसार नहर मास्न र मिच्ने काममा कतिपय जनप्रतिनिधी नै संलग्न रहेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.