• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिल्ला समन्वय समिति सर्लाही सभापतिमा कांग्रेस र उपसभापतिमा माओवादीका उम्मेदवार निर्विरोध

  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही ।  जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् ।

    निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् ।

    निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन ।

    जिल्ला निर्वाचन स्रोतका अनुसार शुक्रवार अपराह्न ५ बजेपछि निर्विरोध निर्वाचित भएका पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । उम्मेदवारी दर्ता प्रक्रिया अनुसार सभापतिमा नेपाली कांग्रेसका कौशल किशोर सिङको मात्र उम्मेदवारी परेको छ । बलरा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

    यस्तै जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा नेपाल कम्युनिस्ट पाार्टी (माओवादी केन्द्र) का जितेन्द्र कुमार महतोको मात्र उम्मेदवारी परेको छ ।  सदस्य पदमा नेपाली कांग्रेसका जलाउदिन मिया, राम बहादुर बमजन तामाङ र माओवादी केन्द्रका हिम बहादुर कार्की, महिला सदस्य पदमा नेपाली कांग्रेसकी पासपति देवी थरुनी, रामशिला कुमारी यादव र रेखा देवीको मात्र उम्मेदवारी परेको छ ।

    यस्तै दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसकी सोनावती देवी बैठाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस एक्लैको २३ मत रहेको थियो । कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा १२ पालिमामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो ।

    दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लामा ४ पालिकामा प्रमुख र ४ पालिकामा उप प्रमुख जितेको छ । भने, संघीय समाजवादीले दुई पालिका तथा नेकपा एमाले र  लोकतान्त्रिक समाजवादीले एक/एक स्थानमा प्रमुख उपप्रमुख जितेका थिए । स्पष्ट बहुमत रहे पनि नेपाली कांग्रेसमा अन्तिम सम्म दुई उम्मेदवारबीच कडा रस्साकस्सी देखियो ।

    उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझ सम्म कांग्रेसका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाइ जगर्नाथ राय र कौशल किशोर सिङ टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिङलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् ।

    जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी ९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यससँगै सर्लाहीमा गत वैशाखमा सुरुभएको स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.