काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको एक उच्च अधिकृतले जानकारी दिए । संक्रमितमध्ये सवारी र सञ्चार शाखाको रहेको बताइएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ३६ पुगेको छ ।








