चितबन । नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै बिना मास्क घर बाहिर निस्कनेलाई कारवाही गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले ७७ जिल्लाका प्रशासनलाई परिपत्र जारी गर्दै घर बाहिर निस्कनेले मास्क नलागएको खण्डमा नियन्त्रणमा लिएर कारवाही गर्न पत्राचार गरेको हो । परिपत्रमा मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न भनेको छ। गृहमन्त्रालयले मास्क प्रयोग नगरी जथाभावि हिडडुल गर्नेलाई कारबाही गर्न निर्देशन दिए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन भने सचेतना कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । जिल्लाको विभिन स्थानमा मास्क लगाएको नलगाएको चेकजाँच गर्दै कोरोना भाइरसबाट जोगिन विभिन्न संघसंस्था सगँ मिलेर निःशुल्क माक्र्स बितरण गर्दै सचेतना गरेको उनले बताए। सचेतना बाटै आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन सकिने भन्दै माइकिङ, ट्राफिक प्रहरीको गस्ती टोली र विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख भट्टको भनाई छ । लकडाउन खुले पछि पनि कोभिड १९ संक्रमणको जोखिम रहिरको हुँदा मन्त्रालयले सबैलाई अनिवाई मास्क र समाजिक दुरी कायम गर्न निर्देशन दिएको थियो तर, कारवाही गर्नुभन्दा पनि कोरोना प्रति मानिसहरुलाई अझ सचेत गराउनु पर्ने भट्टको भनाई छ । यस्तै ट्राफिक प्रमुख भट्टले लकडाउन खुले सगै मानिसहरु लापर्वाहि गर्न थालेकोमा दुख मेत व्यक्त गरेका छन् । यदी अनिवार्य रुपमा अपनाउन भनिएको सुरक्षका साधनहरु आम जनताले नअपनाएमा गृहमन्त्रालयले दिएको निर्देशन अनुसार कारवाहि गर्ने जिल्ला ट्राफिक कार्यालय चितबनका प्रमुख भट्टले बताए ।








