• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित

  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा शुक्रवार आयोजना गरिएको सभा विषय प्रवेश नगरी स्थगित भएको हो ।

    कार्यपालिका बैठकमा निर्णय नै नगरी निति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन नसकेको हो । नगर सभामा प्रस्तुत हुनुअघि निति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

    सभा सुरु हुनुअघि वडाको निति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग् आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । तर, वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल हुन नसकेपछि प्रमुख पौडेलले सभा स्थगित गरेका हुन् ।

    नगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका थिए । पौडेलले गणपुरक संख्या नपुगेको बताईरहदा सभा हल भने नगर सभा सदस्यले भरिएको थियो ।

    नगर सभाको विषयमा असहमति  जनाएका नगर सभा सदस्यले उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपुरक संख्या नपुगेको हो । नेकपा माओवादी केन्द्रबाहेक अन्य दलबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्यबाट अधिकांशले उपस्थिति जनाएका थिएनन् ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ बजेसम्म सुरु नभएपछि प्रमुख पौडेलले स्थगित गरेका थिए । स्थगित गरिएको सभाको अर्को मिति भने तोकिएको छैन् ।

    हामीलाई अन्यौलमा राखेर सभा हुँदैनः वडाध्यक्ष

    कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र वडाको  विषयमा छलफल नभएको भन्दै वडाध्यक्षहरुले चर्को असन्तुष्टी जनाएका छन् ।

    उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टी जनाएका हुन् ।

    नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल गर्न बिहीबार  कार्यपालिका बैठक बोलाइएको थियो । दिउँसो बोलाईको बैठक राति आठ बजेसम्म पनि सुरु हुन नसकेपछि सबै कार्यपालिका सदस्य घर फर्किएका थिए ।

    राति ८ बजेसम्म कार्यपालिका सदस्य नगर प्रमुख पौडेललाई पर्खिएर बसेका थिए । आफ्नो कार्यकक्षमा बसेर नगर प्रमुख पौडेल सभाहलमा गएनन् । नगर प्रमुख छलफलका लागि नआएपछि कार्यपालिका सदस्य घर फर्किएका थिए ।

    कार्यपालिका सदस्य घर फकिएको केही समयपछि नगर सभामा उपस्थित हुन मोबाईल म्यासेजमार्फत सबै नगर सभा सदस्यलाई खबर गरिएको थियो । बैठकका लागि रातिसम्म उपमहानगरपालिकामा पर्खिएर बसेका कार्यपालिका सदस्य अचानक नगर सभाको खबर आएपछि अचम्मित बनेका थिए ।

    ‘सभामा जानुअघि नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल हुनुपर्छ भनेर सबै कार्यपालिका सदस्यले भन्दै आएका थियौ’ वडा नं। १ का अध्यक्ष हिराबहादुर गुरुङले भने ‘त्यसैले हामी रातिसम्म भएपनि छलफलका लागि पर्खियौ । तर, मेयरसाप सभाहलमा नआएपछि हामी फर्कियौ र फर्किएको केही समयपछि मोबाईलमा म्यासेज आयो ।’

    कार्यपालिकामा छलफल गरेर मात्रै नगर सभामा जाने सहमति भएता पनि व्यवहारमा त्यस्तो नदेखिएपछि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यले त्यसको विरोध गरेको गुरुङले बताए । ‘सभामा जानुअघि निति तथा कार्यक्रम छलफल हुनुपर्छ भनेका थियौं । केही कुरा छुटेका भए थप्नुपर्छ भन्ने हाम्रो भनाई हो’ गुरुङले भने ।

    वडा नंम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाको सिलिङको विषयमा वृहत् छलफल गरेर अघि बढ्न सुझाव दिए पनि कार्यान्यवन हुन नसकेको बताएका छन् । उनले बैठकमा छलफलनै नगरी ल्याइएको कार्यक्रम र बजेटप्रति असहमति जनाए ।

    प्रमुख पौडेलको अमर्यादित शैली, उपप्रमुखले बोल्दाबोल्दै माईक खोस्ने प्रयास

    अन्यौलमा रहेको नगर सभाको विषयमा उपप्रमुख भोलाप्रसाद अधिकारीले आफ्ना भनाई राख्दै गर्दा नगर प्रमुख राजन पौडेलले अत्यन्तै अमर्यादित शैली देखाएका छन् । उपप्रमुखले बोलिरहेकै बेला पौडेलले पटकपटक माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको सभाका विषयमा नगर सभा सदस्यलाई सम्बोधन गरिरहेका उपप्रमुखको माईक खोस्ने प्रयास गरेका पौडेल आक्रोशित देखिन्थे ।

    आफ्नो र उपप्रमुखको पदिय मर्यादा बिर्सिदै प्रमुख पौडेलले माईक खोस्न थालेपछि पत्रकारले उपप्रमुखलाई ‘बोल्न दिनु’ भन्दै आग्रह गरेका थिए ।

    प्रमुख पौडेलले यसअघि वडा नंम्बर ३ का अध्यक्ष तारा कार्कीले आफ्ना भनाई राख्ने क्रममा पनि माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको नगर सभाको विषयमा छलफलबाट निष्कर्ष निकाल्नुपर्ने वडाध्यक्षको मागका विषयमा आफ्नो भनाई राखेका प्रमुख पौडेलले लगत्तै वडाध्यक्ष कार्कीले बोल्ने क्रममा माईक खोस्ने प्रयास गरेका थिए ।

    कार्यक्रममै वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बोल्ने क्रममा माईक खोसेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखेलले नगर सभा स्थगित गर्ने कुरा चलेको र विधिवतरुपमा सभाको सुरुवात गर्न राष्ट्रिय धुन बजाउन आग्रह गरेलगत्तै कार्कीले माईक खोसेका हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.