चितवन – गैंडा शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न एक पुरुष पक्राउ परेका छन् । प्रहरीले सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका ११ घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका ११ मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनी संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।








