• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले हुलाकमार्फत पठाए सन्देश

  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज निर्माण र सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई प्राप्त भएको बताए। सबै पार्टीबाट निर्वाचित देशभरका १० हजार भन्दाबढी जनप्रतिनिधिलाई हुलाकमार्फत लिखित सन्देश पठाउँदै महरले पाँच वर्षसम्मका प्रत्येक दिन जनप्रतिनिधिका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।

    ‘अब पाँच वर्षसम्मका हरेक दिन तपाईंका लागि महत्त्वपूर्ण हुनेछन्। प्रत्येक दिनको अधिकतम उपयोग गरेर नागरिकको भविष्य र आफ्ना अगाडिको राजनीतिक लक्ष्यका लागि एक इट्टा थप्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छु’,उनले भने। नागरिकसँग जोडिएका मुद्दा तथा एजेन्डाहरू कार्यान्वयनका लागि आफूले अनवरत रुपमा आवाज उठाउँदै आएको बताउँदै महरले जनसरोकारका विषयमा आफू सधैँ जनप्रतिनिधिहरूसँगै रहने बताए। निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी र यसको महत्वबारे आफू पनि जानकार रहेको उनले बताए। ‘म र सचिवालयको विज्ञ समूहले अध्ययन, अनुसन्धान र अनुभवको दौरानमा प्राप्त गरेका ज्ञान, सीप, विज्ञता र सांगठनिक सञ्जालले आवश्यकता अनुरुप यहाँहरूलाई थप मद्दत गर्न सके भने झनै गौरव महसुस गर्नेछु’, उनले भने। उनी २०५४ सालको स्थानीय तह चुनावमा डडेल्धुराको तत्कालीन भागेश्वर गाउँ विकास समिति–९ वडासदस्यमा निर्वाचित भएका थिए।

    विद्यार्थी राजनीतिकालदेखि नै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, रोजगारी, कृषि र वातावरणलगायत राष्ट्रियतासहितका एजेन्डा उठाउँदै आएका महर कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका उनले कांग्रेस महाधिवेशनमा १४ एजेन्डा सार्वजनिक गरेका थिए। उनले सार्वभौमम मतदाताको अमूल्य मत प्राप्त गरी नागरिकको प्रत्यक्ष सेवा गर्ने मौका प्राप्त गरेकोमा जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै भनेका छन्, ‘प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी आफ्नो कार्यकाल अनुकरणीय बनाउनुहुनेछ भन्ने विश्वासका साथ तपाईंलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

    महरको यो कदमलाई जनप्रतिनिधिहरूले पनि स्वागत गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको समयमा सबै पार्टीका जनप्रतिनिधिलाई लिखित पत्र पठाएर आफ्नो जिम्मेवारीबारे झकझक्याउनु निकै सकरात्मक भएको छिन्नमस्त गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी बताउँछन्। उनले आफू लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहे पनि महरको पत्र पाउँदा निकै खुशी लागेको बताए। ‘राष्ट्रिय राजनीति विभाजित छ। अहिले एक अर्कालाई दोषारोपण गर्ने प्रवृति हाबी भएको छ।

    यस्तो बेला स्थानीय तह बेहाल अवस्थामा छन्उ’, उनले भने। स्थानीय तहले जनताको घरदैलोमा रहेर काम गर्दा केन्द्रिय सरकार र नेताहरूको सहयोग आवश्यक पर्ने उनले बताए। त्यस्तो अवस्थामा सबै नेताहरूले दलगत राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा सघाउनुपर्ने र त्यसका लागि प्रतिवद्ध हुनुपर्ने उनी बताउँछन्। यस्तो अवस्थामा महरले समन्वयकारी भूमिका निर्वाह गर्ने वाचा र सम्पर्क नम्बरसहित पत्र पठाउँदा आफूलाई खुशी भएकाे बताए। लक्ष्मी देवी पाण्डे हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन्।

    उनी पनि कांग्रेस केन्द्रीय सदस्य महरको पत्र पाउँदा खुसी छिन्। आफूले सहयोग गर्ने बाचासहितको पत्र पाउँदा केन्द्रमा कुनै काम गर्नुपर्‍यो भने महरसँगको समन्वयमा सहज हुने उनको विश्वास छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.