चितवन । चितवन माध्यमिक विद्यालय परिसरमा लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट तथा लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा शुक्रबार वृक्षारोप गरिएको छ। भरतपुर-१०मा रहेकाे साे विद्यालयमा भएको खाली जग्गामा बिरुवा लगाइएको हाे । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टेरनेशनल ३२५ बि टु का डिस्ट्रिक्ट कोडिनेटर कमल प्रसाद श्रेष्ठले वृक्षारोपण विश्व वातावरण बचाउने राम्रो अभियान भएको बताउदै उहाँले वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताउनुभयाे। विद्यालय क्षेत्रमा बहुउपयाेगी हुने अमला , बेल , जामुन , अर्जुना लगाएतका करिब ३० वटा विरुवा रोपिएको लियो क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष उमेश थापाले बताउनुभयो। कार्यक्रममा ३२५ बि टु का जोन चियर पर्सन मेघराज कडेल , लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका चार्टर्ड प्रेसिडेन्ट लायन पुरन थापा मगर लगाएत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । लियो सीता सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रम लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष गोबिन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।








