• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

आमा र शिशु दुबैका लागि स्तनपान

  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सांकेतिक तस्विर

    चितवन । आमा र शिशु दुबैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दुध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकहरुको भनाईमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुबैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टा भित्रै आमाको दुध चुसाउनु पर्ने चिकित्सकहरु वताउँछन् । बरिष्ठ बालरोग बिशेषज्ञ डा। युवानिधि बसौला आमाको पहेंलो बिगौती दुध नवजात शिशुका लागि पहिलो खोप हो भन्नुहुन्छ । उहाँले भन्नुभयो “यसमा रोग संग लड्न सक्ने ९अययिकतचबm० तत्वहरु हुन्छन् ।” बच्चा जन्मिए पछि ६ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्छ । शिशुलाई चाहिने पानी समेत आमाको दुधमा हुने भएकाले ६ महिना सम्म आमाको दुध वाहेक पानी पनि खुवाउनु नपर्ने बसौलाको भनाई छ । उहाँका अनुसार ८७ प्रतिशत पानी दुधमा हुन्छ । ६ महिना पुरा भए पछि आमाको दुधको साथसाथै थप पोषिलो आहार खुवाउन उहाँले सुझाब दिनुभयो । बसौलाले भन्नुभयो “कम्तीमा दुई वर्ष सम्म आमाको दुधलाई निरन्तरता दिदै थप आहार खुवाउनु पर्छ ।” पूर्ण स्तनपानका फाईदाका बारेमा उहाँले थप्नुभयो “बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ ।” स्तनपान नगराईएका बच्चाहरु झगडालु स्वभाव, अरु संग घुलमिल नगर्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना वढि हुने अनुसन्धानबाट पत्ता लागेको बसौलाले बताउनुभयो । बोतल र त्यसको मुन्टा सजिलै फोहोर हुने हुनाले प्रयोग नगर्न चिकित्सकको सुझाब छ । नवजात शिशुलाई २४ घण्टामा १० देखि १२ पटक सम्म स्तनपान गराउन उहाँले सुझाब दिनुभयो । उहाँले भन्नुभयो “चौबीस घण्टामा ६ देखि ८ पटक बच्चाले पिसाब फेर्नु पर्छ । कम भएमा दुध नपुगेको हुन्छ । एकातिरको दुध निख्रिए पछि मात्र अर्को स्तनको दुध खुवाउन, आमा र वच्चा जो बिरामी भए पनि निरन्तर स्तनपान गराई रहन उहाँले सुझाउनु भयो । नेपाल बाल चिकित्सक समाजका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका बसौलाले विगौती दुधले बच्चाको शरिरबाट विलिरुविन ९द्यष्ष्चिगदष्ल० नामक तत्वलाई निस्कासन गर्ने बताउनुभयो । जसले गर्दा जण्डीस हुन दिदैन । विगौती दुधमा प्रोटिन, भिटामिन “ए” र अन्य शुष्म पोषक तत्वहरु बढि पाईन्छ । जसले गर्दा बच्चाको वृद्धि बिकासमा मद्धत गर्दछ । उहाँले भन्नुभयो “विगौती दुधले बच्चालाई एलर्जी र अपच हुन दिदैन ।” आमाको दुधमा झाडापखला र श्वासप्रश्वास सम्बन्धि संक्रमणहरु बिरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु हुने चिकित्सक वताउँछन् । यसै गरि आन्द्राको रक्षा र हानीकारक तत्वलाई रगतमा पुग्न नदिन आमाको दुध उपयोगी हुन्छ । दाँत र गिजाको बिकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारिरिक तथा सामाजिक बिकास गर्न सहयोग पुग्ने बसौलाले वताउनुभयो । आमाको दुधले बच्चालाई मात्र होईन दुध चुसाउने आमालाई पनि फाईदा पुग्दछ । भरतपुर अस्पतालका स्त्री, प्रसुती तथा प्रजनन् रोग बिशेषज्ञ बरिष्ठ कन्सल्टेन्ट डा। रामप्रसाद सापकोटा बच्चाले स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्धत गर्ने बताउनु हुन्छ । बच्चा जन्मने बित्तिकै स्तनपान गराउँदा सालनाल सजिलो र छिटो वाहिर निस्कने हुँदा पाठेघरबाट वढि रगत वग्ने खतरा कम हुने उहाँले बताउनुभयो । बच्चा जन्मने बित्तिकै आमाको दुध चुसाएमा स्तनबाट धेरै दुध आउन सहयोग गर्ने चिकित्सकहरु बताउँछन् । तुरुन्तै र पटकपटक दुध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुने सापकोटाको भनाई छ । उहाँले भन्नुभयो “दुध चुसाउने आमा र बालबालिका बिचको आत्मीयता वढ्छ र बच्चाले सुरक्षित महशुस गर्दछ ।” आमालाई मानसिक तनाब कम हुने हुँदा स्वस्थ महशुश गर्ने उहाँले बताउनुभयो । सुत्केरी भए पछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अबस्थामा फर्कने उहाँले जानकारी दिनुभयो । सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो ६ महिना सम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्दछ । उहाँले थप्नुभयो “महिलालाई हुने स्तन, डिम्बासय र पाठेघर सम्बन्धि क्यान्सरको समेत जोखिम समेत कम गराउँछ ।” आमाको दुध संधै सफा, पोषिलो र ठिक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन । आमाको दुध जुनसुकै वेला पनि खुवाउन सकिन्छ । कृतिम खालका खाना बनाउन लाग्ने समय, ईन्धन खर्च र कामको भार कम हुने उहाँले बताउनुभयो । स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब ८ लाख २३ हजार बच्चाहरु बचाउने गरेको चिकित्सकहरु वताउँछन् । संसारमा हरेक ५ वच्चा मध्ये २ जना शिशुले मात्र ६ महिना सम्म आमाको दुधमात्र खान पाउने तथ्याङ्गकले देखाएको छ । हाल नेपालमा एक वर्षमा करिब ७ लाख बच्चा जन्मने गरेको पाईएको छ । ती मध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिनुभयो । आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण ऐन २०४९ मा आमाको दुधको प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितरण गर्न नहुने उल्लेख छ । ऐनले यस्ता वस्तु बिक्रि बितरण गर्ने, प्रचार प्रसार गर्ने र सिफारीस गर्ने स्वास्थ्य कर्मीलाई समेत कारबाही गर्न सकीने उल्लेख गरेको छ । जसमा सिफारीस गर्ने स्वास्थ्य कार्यकर्तालाई रु १ हजार जरिवाना वा एक महिना सम्म कैद वा दुवै सजाय र बितरकलाई रु १५ हजार जरिवाना वा ४ महिना कैद वा दुबै हुने व्यवस्था गरेको छ । ६ महिना सम्म आमाको दुध मात्र खुवाउन र त्यस पछि आमाको दुध संगै जाउलो, लिटो, दालको रस जस्ता बस्तु खुवाउन बसौला सुझाब दिनुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.