• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर अस्पतालमा चरम लापहरवाही : २४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् बिरामीले

  •   आइतबार, असार २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दैनिक १५ सय बढी बिरामी आउने भरतपुर अस्पतालको मेडिकल वार्डमा २४ घण्टादेखि बिरामीले चिकित्सक भेट्न पाएका छैनन् । शनिबार बिहानदेखि आईतबार बिहानसम्म चिकित्सक नआएका हुन् ।अस्पतालको पुरुष मेडिकल वार्डको १४ नम्बर बेडमा रहनु भएका ५५ वर्षिय श्याम सार्कीले २४ घण्टासम्म स्वास्थ्य परीक्षण गर्न चिकित्सक नआएको गुनासो गर्नुभयो । सोही वार्डमा उहाँ जस्तै १६ जना बिरामी हुनुहुन्छ । त्यसो त महिला मेडिकल वार्डमा रहेका २४ जनाले पनि शनिबार बिहानदेखि चिकित्सक भेट्न पाएका छैनन् ।

    आईतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाईमा हुनुहन्थ्यो । माथिल्लो तलाको क्याबिनमा रहेका बिरामीले पनि शनिबार बिहानैदेखि चिकित्सक भेट्न पाएका छैनन् । त्यसो त क्याबिनका नर्ससँग चिकित्सकको रोष्र्टर समेत छैन ।बृद्धबृद्धा वार्डमा १० जना बिरामी पनि चिकित्सक आउँलान र परीक्षण गर्लान भन्ने पर्खाईमा थिए । आक्कल झुक्क आउने मेडिकल अफिसर र आवासीय चिकित्सकको भरमा बिरामीलाई औषधि दिने गरेको डियूटिमा रहेका नर्सहरुले बताए ।

    नर्सहरुले दिएको जानकारी अनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो । बिहान राउण्ड गरेपछि आज बिहानसम्म उहाँ नआउनु भएको उनीहरुको भनाई छ ।बिरामीका कुरुवा भन्दै थिए “कम्तीमा डाक्टरले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” त्यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको त्यसै हुने उनीहरुको बुझाई छ । शनिबार दिउँसो भर्ना भएका बिरामीले आज बिहानसम्म चिकित्सक भेट्न पाएका छैनन् । धेरै बिरामी रहने अस्पतालका २० क्याविन भरिभराउ छन् ।

    मेडिकल वार्डका सबै बेडहरु बिरामीले भरिएका छन् । आफ्नो डियूटिमा नजानु भएका डा. तिवारीले भन्नुभयो “गल्ती भयो, अब म त्यस्तो गल्ती गर्दिन ।” यस अघि पनि समय समयमा तिवारी राउण्डमा नआउने गरेको नर्सहरुको गुनासो छ ।अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो “तालिका अनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारवाही हुन्छ ।” भरतपुर अस्पताल संघीय अस्पताल हो ।

    यहाँ चितवनसहित २१ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । पछिल्ला दिनहरुमा अस्पताल सुधार उन्मुख भए पनि केही चिकित्सकका अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । रात्रीकालिन समयमा डियुटि पर्ने प्राविधिक कर्मचारीहरुले पनि आफ्नो पालोमा काम नगर्ने गरेको समय समयमा गुनासो आउने गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आएपछि अस्पताल प्रशासनसँग बुझेको बताउनुभयो ।

    उहाँले आफ्नो कर्तव्य पूरा नगर्ने जुनसुकै चिकित्सक वा कर्मचारीलाई कारवाही गरिने बताउनुभयो । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासन मार्फत् कारवाहीका लागि सिफारिस गरिने बताउनुभयो ।६०० शैयाको भरतपुर अस्पतालमा दैनिक १५ सयभन्दा बढी बिरामी बहिरंग (ओपिडी) मा आउने गर्दछन् भने अस्पतालका शैयाहरु प्रायः भरिभराउ हुने गर्दछन् । कान्तिपुरहेल्थबाट

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.