• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

कृषि ज्ञान केन्द्र चितवनद्वारा किसानसँग सुझाव संकलन

  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  कृषि ज्ञान केन्द्र चितवनले किसानसँग सुझाव संकलन गरेको छ । मंगलबार भरतपुरमा कृषकहरुको अनुभव र विज्ञताको सुझाव संकलन गरेको हो । राष्ट्रिय कृषक महासंघकी महासचिव रिता बास्ताकोटीले तीनै तहको सरकारमा सशर्त कृषि बजेटको व्यवस्था गर्न माग गर्नुभएको छ । उहाँले स्थानीय र प्रदेश तहमा कृषि विकास ऐन निर्माण गर्नुपर्ने भन्दै एक वडा एक कृषि प्राविधिक राख्न सुझाव दिनुभयो ।

    पारिवारिक खेती प्रणालीको प्रवद्र्धन गरि प्राङ्गारिकखेती मार्फत दिगो तथा आत्मनिर्भरमुखी कृषिमा जोड दिनुपर्ने धारणा राख्नुभयो । कृषक समुह, पशुसेवा समूहलाई स्थायी लेखा नम्बर प्यान लिने व्यवस्था खारेजी उहाँको माग छ । चितवन केरा उत्पादक संघका पुर्व अध्यक्ष विष्णुहरी पन्तले वास्तविक किसानहरुले कर्जा पाउन कठिन रहेको बताउनुभयो ।

    ‘ठुला किसानहरुले मात्र कृषि कर्जा सहज रुपमै पाउने गर्दछन्,’ उहाँले भन्नुभयो, ‘कृषि कर्जा ५ बर्षका लागि हुँदा क्षेत्र विस्तार गर्न सकिएको छैन् ।यसलाई सच्चाउन आवश्यक छ।’ उन्नत जातको टिस्युकल्चर विरुवाको विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । पोस्ट हार्भेस्ट गरिसकेपछि राख्नका लागि चिस्यान केन्द्रको बनाउन सुझाव दिनुभयो ।  नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष शिवप्रसाद पौडेले मौरीको चरन क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो ।

    कृषि सडकहरु निर्माण हुन नसक्दा मौरीहरु चरन क्षेत्रमा लैजान नसकिएको बताउनुभयो । उहाँले गुणस्तर हिन मह रोक्नपर्ने धारणा राख्नुभयो । तरकारी जोन सञ्चालक समिति चितवनका निवर्तमान संयोजक हरिबाबु ढकालले परम्परागत रुपमा लागेका साना किसानहरुलाई पनि राज्यले अनुदानमा समेट्नुपर्ने बताउनुभएको छ । उहाँले कृषिका कार्यक्रमहरु वडा तह मार्फत कार्यान्वयन गर्न सुझाव दिनुभएको छ । संघ, प्रदेश र स्थानीय तहको अनुदान एउटै किसानले पाउने सम्भावना रहेको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गर्नुभयो ।

    किसानका सुझावलाई विभिन्न माध्यम मार्फत समाधान गर्ने गरि लाग्ने कृषि ज्ञान केन्द्र चितवनले बताएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख धनबहादुर थापा, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, विभिन्न स्थानिय तहका कृषि अधिकृत, कृषकहरुको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.