चितवन । चितवनमा कोरोना भाइरस संक्रमण लगातार उकालो लाग्दै गएको छ । केही दिन यता दैनिक रुपमा नयाँ कोरोना संक्रमित थपिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै चितवनमा ६ जना नयाँ संक्रमित फेला परेका छन् ।
१७ जनाको परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ११ जनाको पिसिआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै ६ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५६९ पुगेको छ ।
उनीहरु मध्ये हालसम्म ३३ हजार १०५ जना निको भइसकेका छन् । चार सय ४९ जनाको कोरोनाबाट ज्यान गएको छ । यस्तै चितवनमा हाल १५ जनामा कोरोना सक्रिय छ । उनीहरु मध्ये १४ जना होम आइसोलेसनमा रहेका छन् भने अर्का एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।








