चितवन । रोट्रयाक्ट क्लब अफ चितवनको आयोजनामा भरतपुर १ देवघाट स्थित रोटरी करुणालय वृद्धाआश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबका अध्यक्ष रोशन खरेलको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिति चितवन रोटरी क्लबका पूर्व अध्यक्ष तथा रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठ रहनुभएको थियो । कार्याक्रममा चन्द्रमान श्रेष्ठले स्वास्थ्य परीक्षण गरी सुरुवात गरिएको थियो । कार्यक्रममा करुणालयमा आश्रित सबै ३५ जना वृद्ध वृद्धा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको जानकारी क्लबकी उपाध्यक्ष प्रभा गुरुङले जानकारी दिनुभयो । सह सचिव निशा रेग्मीले सञ्चालन गर्नुभएको थियो, भने संयोजन कम्युनिटी सर्भिस डिरेक्टर विक्रम शाहले गर्नु भएको थियो ।








