हेटौंडा । भीमफेदी कारागारबाट ९ महिना अघि फरार रहेका २५ वर्षिय कुलदिपराज धामीलाई पक्राउ गरेर आज सार्वजनिक गर्दै भीमफेदी कारागार पठाइएको छ । कर्तव्य ज्यानको मुद्धामा २० वर्ष कैद तोकिएका धामी २०७६ साल कार्तिक ३० गते कारागारबाट फरार भएका थिए । फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए । सुनसरी जिल्ला साविकको बकुलौरी गाबिस वडा नम्बर ४ घरभइ हाल सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ वस्दै आएका वस्ने धामीले स्थानीय २१ वर्षिय रोजिन गुरुङलाई हत्या गरेका थिए । त्यही अपराधमा २० वर्ष कैद सजाय तोकिएकोमा कारागारबाट फरार रहेका धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारि दियो ।








