सांकेतिक तस्विर
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची(११ मा पहिरो खस्दा ८ जना पुरिएका छन् । एकजनाको जीवितै उद्धार गरिएको छ । माथिबाट खसेको पहिरोमा पुरिएका उनीहरुको उद्धारको प्रयास भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन् । उनीहरुसबै प्रदेश सरकारको बजेटमा बन्दै गरेको कवर्डहल निर्माणका लागि खटिएका मजदुर राति सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका छन् ।








