• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

२ सय ८३ जनालाई माछामार्ने अनुमति पत्र र पोशाक बितरण

  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नदीमा आश्रीत समुदायलाई बेकल्पीक पेशाको ग्यारेन्टि गर्न माग गरेका छन् । चितवनर राष्ट्रिय निकुञ्जले आज आयोजना गरेको माछा मार्ने अनुमति पत्र तथा पोशाक बितरण कार्यक्रममा बोल्ने वोटे अगुवाहरुले खोलामा निर्भर भएकाहरुलाई बैकल्पिक पेशाको व्यवस्था गर्न आग्रह गरेका हुन । नेपाल वोटे समाज चितवनकी अध्यक्ष इन्दीरा वोटेले भन्नुभयो “निकुञ्जको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अएको बोटे समुदायलाई लक्षित गर्दै बैकल्पीक पेशाको खोजि गरिदिनु प¥यो ।” निकुञ्जले अहिले सम्म पुरानो अनुमति पाएकालाई मात्र माछा मार्न दिएको भन्दै उनीहरुले बैकल्पीक पेशासहित नयाँ अनुमति पत्र समेत बितरण गरिनुपर्ने बताएका हुन । चितवन राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र व्यवस्थापन समितिले गरेका कार्यक्रमहरु लक्षित वर्ग सम्म पुग्न नसकेको समाजका उपाध्यक्ष विश्व वोटेले बताउनुभयो । उहाँले भन्नुभयो “नदीमा आश्रीतका लागि आएको कार्यक्रमले लक्षित वर्ग उत्थानका लागि काम गर्न नसकेको छैन ।” पहुच वालाहरुको हातमा मात्र सो कार्यक्रम पुग्दा वोटे, दराई, कुमाल, थारु जस्ता समुदायको बिकास हुन नसकेको उहाँको भनाई थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले लक्षित समुदायलाई केन्द्रित गर्दै बैकल्पीक पेशाको खोजि गरिएको जानकारी दिनुभयो । सोही अनुसार पहिलो चरणमा पाँच जना वोटे समुदायका व्यक्तिलाई ऋण सहयोगमा गरेको र यस्तै कार्यक्रमहरु अझै आउने बिश्वास दिलाउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले अबको कार्यक्रमहरु वन्दा लक्षित वर्गलाई मात्रै केन्द्रित गरेर कार्यक्रम बनाईने बताउनुभयो । नयाँ अनुमति पत्रका लागि साउन महिनाबाट प्रकृया सुरु गरिने बताउनुभयो । सो समुदायको जिविको पार्जनको लागि चितवन राष्ट्रिय निकुञ्ज नियमावली २०३० को नियम १० अनुसार २०४६ सालको पहिलो संसोधन अनुसार १ ९ख० माछा मारि जिविको चलाउने समुदायलाई वार्षिक रु १ सय शुल्क तिरि माछा मार्न दिने कानुनी व्यवस्था छ । सोही सुविधामा आधारित रही निकुञ्जले माछा मार्ने अनुमति पत्र ‘लाइसेन्स’ नवीकरण गरि उनीहरुलाई ज्याकेट पनि वितरण गरेको छ । रुपाखेतीका अनुसार माछा मार्नेहरुका लागि अनुमति पत्रका साथमा पोसाकको व्यवस्था गर्ने पहिलो प्रयास हो । गतवर्षको तथ्यांक हेर्दा निकुञ्ज आसपासका करिब २ सय ८३ जनाले माछा मार्ने अमुनति लिएका छन् । माछा मारेरै जिविकोपार्जन गर्नेहरूलाई ज्याकेट उपलब्ध गराउँदा निकुञ्ज र माछा मार्ने दुवैलाई फाइदा पुग्ने निकुञ्ज कार्यालयले विश्वास लिएको रुपाखेतीले छ । इजाजतपत्र लिएकाले मात्रै माछा मार्न पाउने भएकोले ज्याकेट पनि इजाजतपत्र प्राप्त गरेका व्यक्तिले मात्रै दिईएको हो । रूपाखेतीले भन्नुभयो “यसो गर्दा निक’ञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ ।” ज्याकेट लगाएर माछा मार्ने गरेपछि टाढैबाट मान्छे चिनिने भएकोले अनुगमन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । ज्याकेटको अगाडि चितवन राष्ट्रिय निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि लाइसेन्स नम्बर राखिएको छ । निकुञ्जबाट लिइएको लाइसेन्समा भएको नम्बरको आधारमा उही नम्बर भएको ज्याकेट र उही नम्बर भएको ढुङ्गा वा हातेजाल प्रयोग गरेर माछा मार्न पाउने व्यवस्था मिलाइएको छ । लाइसेन्स लिएकाहरूले यो समयअवधिको बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन् । बैशाख देखि असार मसान्तसम्म भने माछाको प्रजनन समय ‘डेफर अवधि’ भएकोले माछा मार्न रोक्ने गरिएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.