काठमाडौं । नेपालमा सोमवार थप ४१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५०पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।








