चितवन । नेपाली कांग्रेस चितवनले कार्यसमिति सदस्य र कार्यसमिति आमन्त्रित सदस्यहरु मनोनित गरेको छ । कांग्रेस चितवनले बुधवार सात जना कार्यसमिति सदस्य मनोनित गरेको हो । मनोनित कार्यसमिति सदस्यहरुमा भरतपुर १५ का सुरवीर पोख्रेल, रत्ननगर ६ का राममणी खनाल, भरतपुर ७ कि कल्पना पौडेल र इच्छाकामना ५ का बिष्णु कुँवर रहेका छन् ।
यस्तै भरतपुर ७ का हिरामणी अधिकारी, खैरहनी १३ का रमेश पराजुली र भरतपुर १८ कि ज्योत्सना ढकाल अधिकारी पनि कार्यसमिति सदस्यमा मनोनित भएका छन् । बुधवार नै कांग्रेस चितवनले आठ जना कार्यसमिति आमन्त्रित सदस्य पनि मनोनित गरेको छ । जसमा भरतपुर १५ का धर्मराज आचार्य, भरतपुर ३ का सिताराम खनाल, भरतपुर १८ का रोशन काफ्ले र इच्छाकामना ५ का ईस्लामदिन मिँया रहेका छन् ।
यस्तै भरतपुर २ का गणेश वस्ती, भरतपुर १४ का बसन्त पौडेल, रत्ननगर १० कि जमुना सुवेदी र कालिका ५ का महेन्द्र ठकुरी पनि कार्यसमिति आमन्त्रित सदस्यमा मनोनित भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।








