• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्।

    अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दा भएकाले मात्र होईन विद्यार्थीका रूपम पढिरहेकाहरूले पनि राम्रो भूमिका र तलब पाउन थालेका हुन्। यतिखेर सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको रुपमा काम गरेर वार्षिक एक लाख डलरभन्दा बढी कमाउने नेपालीको संख्या अस्ट्रेलियामा उल्लेख्य छ। नेटवर्किङको क्षेत्रमा पनि ‘हेल्प डेस्कर सपोर्ट’मा काम पाउने विद्यार्थीहरू धेरै हुन थालेका छन्।

    अस्ट्रेलियामा सफ्टवेयर डेभलोपमेन्टको तालिम दिने संस्था ‘डेन्टेड कोड’ मार्फत भारतीय, फिलिपिन्स, मोरक्को, इन्डोनेसिया साथै नेपालका विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा अस्ट्रेलियाको आईटी उद्योगमा करिअर बनाउन सहयोग गरिरहेका प्रेम आचार्य आईटीको क्षेत्रमा नेपाली विद्यार्थीहरुले पनि राम्रा अवसररू पाउन सक्ने बताउँछन्। ‘सीप हुनेलाई त अवसर छँदैछ, सीप विकास गर्छु भन्नेले पनि समर्पित भएर लाग्ने हो भने यो क्षेत्रमा राम्रो अवसर छ’, उनले भने । आचार्यको अनुभवमा सबै रोजगारदाता र क्षेत्रमा अनुभवी मात्र खोज्ने भन्ने हुँदैन, बजारमा माग भएका सीप सिक्ने हो भने सीप भएकै आधारमा पनि राम्रा अवसर सजिलै पाउन सकिन्छ।

    आईटीमा करिअर बनाउन सहयोग गर्न जुटे नेपाली 

    अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीलाई कालो पाइन्ट र जुत्ता लिएर आउनु रेस्टुरेन्टमा ‘किचन’मा अनि ‘क्लिनिङ’को क्षेत्रमा काम गर्दा काम लाग्छ भन्ने सुझाव दिने परिपाटी बदल्न सिड्नीका युवाहरू लागिरहेका छन्। उनीहरूले अस्ट्रेलियाको आईटीमा उपलब्ध अवसरहरू सम्म नेपाली विद्यार्थीलाई पुर्याउने र त्यस्ता अवसरबाट लाभ उठाउन सहयोग गर्नको लागि ‘आईटी हब’ समेत सञ्चालन गरेका छन्।

    अस्ट्रेलियामा सफ्टवेयरको क्षेत्रमा काम गर्ने मात्र होइन, नयाँ विद्यार्थी तथा यो क्षेत्रमा जागिर करिअर खोज्नेहरूलाई सहयोग गर्न ‘आईटी हब’ले करिअर सेमिनार र मिटअप गरिरहेको छ। आईटी हबका संयोजक मदनमणि अधिकारी भन्छन्, ‘हामीले अस्ट्रेलियाको सफ्टवेयर र आईटी उद्योगको मागअनुसारको सीप भएका नेपालीहरूलाई सीपअनुसारको जागिर पाउन सहयोग गर्न खोजेका हौं।’

    धेरै नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा नेपाल वा अस्ट्रेलियामा पढेर हासिल गरेको डिग्रीअनुसारको काम नपाएर श्रमिक तहको काम गर्नुपर्ने अवस्थामा छन् भन्ने गरिन्छ। अधिकारी भन्छन्, ‘त्यसखालको हल्ला धेरै भए पनि अवस्था परिवर्तन भईरहेको छ, अहिले धेरै विद्यार्थीहरूले प्रोग्रामिङ र सफ्टवेयरको क्षेत्रमा राम्रो उपलब्धि हासिल गरिरहेका छन्, सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेर छोटो र छिटो प्रगति गरेका, जागिरको कारण नै अस्ट्रेलियामा पीआर पाएका धेरैजना मैले नै भेटेको छु। ठूला कम्पनीहरूको आईटी विभाग नै नेपालीले सम्हालेको उदाहरण धेरै छ।’

    विश्वभर जसरी भारतीयहरू आईटीको क्षेत्रमा नेतृत्व दिने स्थितिमा छन्। नेपालीहरूले पनि सीप विकास गर्ने हो भने त्यो अवस्था नेपाली समाजको पनि हुनसक्छ भनेर सिड्नीमा नियमित ‘करिअर हब’ले ‘करिअर कार्यशाला’का रूपमा ‘मिटअप’ आयोजना गर्दै आएको छ,’ उनी भन्छन्।

    अस्ट्रेलियालाई ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर चाहिने 

    भविष्यमा अस्ट्रेलियामा सफ्टवेयर प्रोग्रामरको माग धेरै हुने यहाँको स्किल कमिसनले जनाएको छ। स्किल कमिसनका अनुसार आगामी चार वर्षमा अस्ट्रेलियालाई ४२ हजारभन्दा बढी सफ्टवेयर प्रोग्रामरको आवश्यकता पर्नेछ। अस्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताइएको छ। स्किल कमिसनले अस्ट्रेलियाको रोजगारी, पेसा तथा विभिन्न उद्योगहरूको कामदार र सीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकतासम्बन्धी सुझाव दिने गर्दछ।

    २०२१ नोभेम्बरमा अस्ट्रेलियामा एक लाख ५६ हजार दुई सय सफ्टवेयर इन्जिनियर तथा डेभलोपर प्रोग्रामर थिए । २०२६ नोभेम्बरमा त्यो संख्या एक लाख ९८ हजार चार सय हुने अनुमान छ। सफ्टवेयर इन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागि रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धि हुने देखिन्छ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.