चितवन । चितवनमा पछिल्लो २४ घन्टामा सात जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ जना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
थपिएका सात जना नै भरतपुर महानगरपालिकाका हुन् । सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ । हाल चितवनका अस्पतालमा ५ जना र होमआइसोलेसनमा ८४ जना संक्रति रहेका छन् ।








