काठमाडौ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०सहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रचण्ड सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो।








