काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । आजमात्र नेपालमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।








