काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको निधन भएको छ । शनिबार राति उनको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रतिनिधि सभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । परिवारको आग्रहमा शुक्रबारदेखि उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । हाल अस्पतालले पनि गिरिको निधन भएको पुष्टि गरेकाे छ ।








