• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

दल भित्र उम्मेदवारीका लागि दाबी गर्ने बढ्दो

  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि दाबी गर्नेहरु वढ्दै गएका छन् । पार्टी भित्र गुट, उपगुटको नेतृत्व गरेकाहरुले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य थालेका छन् ।

    मुख्य रुपमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिश्पर्धा हुने छ । यस अघि संघमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र ६ प्रदेशमा तीनै दुई दलका उम्मेदवार बिजयी भएका थिए । नेकपा फुट संगै बनेको समाजबादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै नेकपा एमाले र माओवादी केन्द्रका छन् ।

    नेपाली काङ्ग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरुबिचमा गठवन्धन हुने जनाईएको छ । यस्तो अबस्थामा नतिजा फरक हुने अनुमान दलहरुले गरेका छन् ।
    निर्वाचनमा संघ र प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसबाट दाबी गर्नेहरुको संख्या धेरै छ ।

    नेकपा एमाले चितवनका अध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको दाबी रहेको छ । सोहि क्षेत्रको प्रदेश क मा प्रभा वराल, इमानसिंह लामा, सिंहवहादुर गोले र घनश्याम कंडेलको दाबी रहेको छ । ख मा नारायण वन, जगन्नाथ आचार्य, महादेबी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिले सम्म दाबी आएको न्यौपाने बताउनुहुन्छ ।

    क्षेत्र नम्बर २ बाट राम बहादुर थापा, देबी ज्ञावली, कृष्णभक्त पोख्रेल र सारदा कुमाल मध्ये एक जना उम्मेदवार हुन सक्ने न्यौपानेको भनाई छ । २ क मा खुमनारायण श्रेष्ठ, कृष्ण शिलवाल, केशब लामा र टिका रिजालको दाबी रहेको छ । न्यौपानेले २ ख मा बिजय सुवेदी, तेजेन्द्र खड्का र संघमा उम्मेदवारी नपाएका मध्ये पनि पर्न सक्ने जानकारी दिनुभयो । यस्तै क्षेत्र नम्बर ३ मा आफ्नै दाबी रहेको उहाँ बताउनुहुन्छ । यस संगै कृष्ण भूर्तेलको पनि क्षेत्र नम्बर ३ मा दाबी रहेको छ । यहाँ हुन नसकेमा भूर्तेल ३ क मा उम्मेदवार बन्न सक्ने न्यौपानेको आकलन छ ।

    न्यौपानेलाई पार्टीले क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाउन नसकेमा उहाँको दाबी २ को ख मा छ । ३ को ख मा सरस्वती बिष्ट, शंकर थपलिया र प्रकाश ढुङ्गानाको दाबी रहेको छ । न्यौपानेले हाल सम्म देखिएका अनुहार भन्दा थप दाबी आउन सक्ने बताउँदै भन्नुभयो “अहिले देखिएका र दाबी गर्नेहरु भन्दा अरु थप पनि हुन सक्छ ।” नेपाली काङ्ग्रेसको क्षेत्र नम्बर १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले दाबी गरेको जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो ।

    १ को क मा धन वहादुर गुरुङ्को दाबी रहेको उहाँ बताउनुहुन्छ । सोही प्रदेशमा आफ्नो दाबी रहेको क्षेत्रीय सभापति किरणभूषण ओलीले बताउँदै आउनु भएको छ । १ को ख मा गिता देवकोटा, बासु ढुङ्गाना, उत्तम आचार्य, राजु शिलवाल र कुमार कार्कीले इच्छा व्यक्त गरेको खनालले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा सभापति खनाल र निवर्तमान सभापति जीतनारायण श्रेष्ठको दाबी रहेको उहाँले बताउनुभयो । खनालले आँफुलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो दाबी रहेको सार्बजनीक कार्यक्रममा बताउँदै आउनु भएको छ ।

    प्रदेश २ क मा दिपक आचार्य, टंकनाथ पौडेल, कमल आचार्य र राम वहादुर लामाको दाबी रहेको छ । २ ख मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुब पोख्रेलले दाबी गर्नु भएको खनालले जानकारी दिनुभयो । क्षेत्र नम्बर ३ बाट टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको दाबी रहेको खनालको भनाई छ । केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रमा दाबी रहेको बताउँदै आउनुभएको छ । प्रदेश नम्बर ३ क मा प्रा.डा. सूर्य कान्त घिमिरे, बिजय भूषाल र राजीव न्यौपानेको दाबी रहेको छ । यस्तै ३ ख मा कैलाश कोइराला, साजन महतो र लाल वहादुर दवाडीको दाबी रहेको खनालले जानकारी दिनुभयो ।

    यस्तै नेकपा माओवादी केन्द्र चितवनले क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाउने सर्बसहमत निर्णय गरिसकेको छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठवन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ । पार्टीले चुनाबी अभियानलाई अघि वढाएको उहाँ बताउनुहुन्छ । आन्तरिक संगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।

    नेकपा समाजबादीका नेता कृष्ण खनालले गठवन्धनको निर्णय अनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउनुभयो । राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताउनुभएको छ । जिल्ला अध्यक्ष रुद्र ढकालका अनुसार क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवार हुने बताउनुभयो । गठवन्धन भएमा सोही अनुसार मिलाईने उहाँको भनाई छ ।

    जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठवन्धन गरेका थिए । सत्ता र बिपक्षि दुई गठवन्धन वनेमा आँफुले दाबी गरेका क्षेत्रबाट अन्यत्र दाबी गर्नुपर्ने बाध्यता जिल्ला नेताहरुमा हुने छ ।
    क्षेत्र नम्बर २ बाट खाना र खेतीपाती अभियान्ता डा. कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गर्नुभएको छ । यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ बाट हुने जनाउँदै आउनुभएको छ । दलहरुमा दाबी गर्नेहरु धेरै छन् ।

    जिल्ला नेतृत्व संग दाबी गर्नेहरुको नाम बाहीर आए पनि प्रदेश र केन्द्रमा सोझै दाबी गरिरहेकाहरुकतिपय सार्बजनीक भईसकेका छैनन् । साना र नयाँ दलहरुका उम्मेदवारका नाम आइसकेका छैनन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.