चितवन । खैरहनी नगरपालिकामा नयाँ निर्माण गरिएको पब्लिक क्वारेन्टाइनको प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाले शुक्रबार अनुगमन गरेका छन । प्रजिअ नारायण प्रसाद भट्टराईले चैनपुर स्थित राधा स्वामी सत्संग ब्यास नेपालमा निर्माण गरिएको क्वारेन्टाइनको अनुगमन गरेका हुन । कोरोना भाइरस संक्रमण पछि नगर भित्रका विद्यालयमा बनाइएको क्वारेन्टाइन खाली गरेर राधास्वामी ब्यासको भवनमा क्वारेन्टाइन बनाइएको छ । प्रजिअ भट्टराईलाई खैरहनिका मेयर लालमणी चौधरीले क्वारेन्टाइनका बारे जानकारी गराएका थिए । सो क्वारेन्टाइन हाल ३० जनाको क्षमताको छ । अनुगमनका क्रममा प्रजिअ भट्टराईले राधास्वामी ब्यासमा बनाइएको क्वारेन्टाइनको ब्यबस्थापन र सरसफाइ उत्कृष्ट रहेको भन्दै खुसी व्यक्त गरे ।सुत्नका लागि आवश्यक सामान नगरपालिकाले उपलब्ध गराए पनि सोही सस्थाले खाना,खाजाको ब्यबस्था निशुल्क रुपमा गरेको छ । राधास्वामी बाहेक दुर्गामन्दिर स्थित पर्सा खानेपानीको भवनमा समेत क्वारेन्टाइन बनाइएको छ । विद्यालयहरुमा बनाईएको क्वारेन्टाइनको ब्यबस्थापन सहित खाना खाजाको ब्यबस्था भने नगरपालिकाले नै गरेको थियो । खैरहनिको क्वारेन्टाइनमा अहिले ३० जना छन ।








