चितवन । भरतपुर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भरतपुर महानगरपालिकाको वाइपास सडक खण्ड विस्तार अन्तर्गत विद्युतिय संरचना निर्माण कार्य गर्न शनिवार विहान ९ बजेदेखि दिउँसो २ वजे सम्म नारायणगढ,औद्योगिक १,हस्पिटल, भरतपुर १ मा विद्युत प्रवाह नहुने र फिडर सटडाउन गरिने भएकाले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमा मागेको छ ।









