हेटौंडा । नेपाल प्रहरीका प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी हेटौंडा आइपुगेका छन् । देशका सात प्रदेशका प्रहरी कार्यालयहरुको निरीक्षणका लागि उनी हेटौंडा आइपुगेका हुन् ।
एआईजी सुवेदीले बागमती प्रदेश अन्तरगत मकवानपुरको जिल्ला प्रहरी कार्यालय, सशस्त्रको प्रदेश रातोमाटे गण, चौघडा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मनहरीको निरीक्षण गरिने कार्य तालिका रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । उनले यही प्रदेशकै चितवनको प्रहरी तालिम केन्द्र दुधौली र रामनगरमा रहेको प्रदेश ट्राफिक कार्यालयको निरीक्षण गरिने बताए ।
सात प्रदेश र एक उपत्यका गरी आठ ठाउँका प्रहरी कार्यालयहरुको निरीक्षण एंव अवलोकन गरिनेछ । केन्द्रबाट नै प्रदेशको कुन जिल्लाको कुन कुन कार्यालय पर्छन तय गरी निरीक्षणमा सुवेदी प्रदेशका विभिन्न जिल्लामा जाने गरि कार्य तालिका रहेको जनाइएको छ ।
निरीक्षण पश्चात उत्कृष्ट गण, चौकी, जिल्ला, इलाका, प्रदेश छनौट गरि प्रहरी दिवसमा पुरस्कार समेत प्रदान गरिने प्रहरी उपरिक्षक गौतमले बताए ।








