• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनका ३९ जना कराँते खेलाडीको ग्रेडिङ

  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनले जिल्लाका ३९ जना खेलाडीहरुको ‘अप—डन ग्रेडिङ’ गरेको छ । राष्ट्रिय खेलकुल परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल कराँते महासंघ र नेपाल सितेरियो कराँते संघको सहकार्यमा खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

    आज (शनिबार) भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमा ३९ जना खेलाडीको ग्रेडिङ तथा पाँच जना पुराना खेलाडीलाई मानार्थ ब्ल्याक बेल्ड (फस्ट डन)को उपाधि प्रदान गरिएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार ग्रीन बेल्डबाट स्तरवृद्धि गरेका १६ जनालाई ब्ल्याक बेल्ड फस्ट डन, फस्ट डनबाट स्तरवृद्धि गरेका १४ जनालाई ब्ल्याक बेल्ड सेकेण्ड डन तथा सेकेण्ड डनबाट स्तरवृद्धि गरेका नौ जना खेलाडीलाई ब्ल्याक बेल्ड थर्ड डनको उपाधि प्रदान गरिएको छ ।

    स्तरवृद्धिमा जिल्लाका सात वटै स्थानीय तहका कराँते खेलाडीहरु सहभागी रहेको भन्दै श्रेष्ठले जिल्लाका सबै डाउँमा डोजो निर्माण गरेर कराँते प्रशिक्षणलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले खेलकुदको विकास गर्दै खेलाडीको हौसला वृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने नगरभित्रका खेलाडीलाई पुरस्कार दिन सुरु गरेको बताउनुभयो ।

    महानगरपालिकाले खेलकुद विकास समिति समिति गठन गरेर सबै क्षेत्रका खेलकुदको विकासमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । बजेट विनियोजन गर्दासमेत खेलकुदलाई महत्व दिँदै बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कराँतेका प्रमुख प्रशिक्षक हीरामान डंगोलले खेलकुदमा राजनीति छिराउने प्रयास भएको भन्दै यसको विरोध गर्नुभयो ।

    प्रशिक्षकहरुले राम्रोसँग अध्ययन गरेर प्रशिक्षण दिएको खण्डमा मात्रै उत्कृष्ट खेलाडीहरु तयार पार्न सकिने बताउनुभयो । नागरिकलाई अनुशासन सिकाउने महत्वपूर्ण माध्यमको रुपमा कराँते खेल रहेको भन्दै उहाँले खेलकुदको क्षेत्रमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा कराँतेका पूर्वप्रमुख प्रशिक्षक मदन उप्रेतीले पछिल्लो समय कराँतेको स्तर खस्किएको उल्लेख गर्दै यसको सुधारका लागि सबै खेलाडी लाग्नुपर्ने बताउनुभयो ।

    सबैभन्दा अनुशासित खेल कराँते भए पनि केही वर्ष अगाडिको भन्दा स्तर निरन्तर खस्किदै गएको उप्रेतीको भनाइ थियो । नातावादबाटमाथि उठ्न नसके खेलको स्तर उकास्न नसकिने उप्रेतीले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका—१ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका खेलकुद विकास समिति संयोजक विकास श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

    नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदन दराईले गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.