• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

दैनिक २२ सय कमाइ हुने तान बुन्ने पेसा संकटमा

  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक ।   सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ  र मानेखर्कमा कुनै समय  प्रत्येक घरधुरीमा  श्यामा ( तान ) बुन्ने गरिन्थ्यो । अहिले दुई÷चार घरमा मात्र ५५ वर्ष उमेर पार गरेका महिलाहरुले  श्यामा बुनेर आफ्नो दैनिकी चलाउने गरेका छन् ।

    तामाङ र ह्योल्मो समुदायका महिलाहरुले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर, अहिलेका पुस्ताहरुले  बुन्न छाडेपछि श्यामा मुस्किलले मात्र  पाउन थालेको  छ ।

    मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले  श्यामा बुनेर दैनिक २२ सय कमाइ गर्छिन् ।  १६ वर्षको उमेर हुँदा श्यामा ( तान ) बुन्न थालेकी उनले अहिलेसम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आएकी छिन्  । उनी भन्छिन्, ‘अहिले  हामी तीन÷चारजना महिलाहरुले मात्र तान बुन्ने गरेका छौँ  । बजारमा यसको माग धेरै भए पनि हामीले पु¥याउन सकेका छैनौँ । बुन्नुभन्दा अगाडि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’

    सुरुवातमा बुनेर बेच्दा  यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि  २२ सय रुपैयाँसम्म पर्छ  ।  उनीहरुलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर, हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको  ग्याल्मु लामाले बताए  ।

    आम्दानीको राम्रो स्रोत

    एक पल्टको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एक जनाले एक वा दुई वटासम्म बुन्न सकिन्छ । १२ वटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने उद्यमी बताउँछन् । त्यस्तै यस कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन पनि  प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउँछन्  ।  तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उनको भनाइ छ  ।

    ७३ वर्षीय नोर्चिन लामा पनि लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै पहिलाभन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो रहेको बताउँछन् । ‘यसको माग पनि राम्रो छ । तर, अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ । बल हुन्जेलसम्म तान बुनेर जिविकोपार्जन गरेँ । तर, अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उनी भन्छिन्, ‘हामी वृद्व भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या  निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ ।’

    तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङसम्म बेच्न गएको उनले बताए । पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा  घरमै अर्डर गर्न आउँथे  । यहाँ बनेर तयार गरिएको श्यामा श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेका थिए  । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आम्दानीसँगै श्यामा व्यवसायको संरक्षण हुने देखिन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.