सांकेतिक तस्विर
काठमाडौँ । काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा बेवारिसे अवस्थामा छाडिएको सुटकेशभित्र एक शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।








