वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १५ महिला र ६० पुरुष रहेका छन् । संक्रमित हुनेमा १२ वर्षिय बालकदेखि ६८ वर्षिय वृद्धसमेत रहेका छन् । जसमा पर्सा र वीरगन्जका ७० जना रहेका छन् भने ५ जना बारा, सर्लाही र एक भारतीय नागरिक रहेका छन् । भारतीय नागरिक भनिएका ३५ वर्षीय पुरुष वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी हुन्। साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।








