काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनको मूल्य आइतबार भने घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ९ सय रुपैयाँले घटेर एक लाख २ हजार ६ सयमा कारोबार भैरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख तीन हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य अहिलेसम्मकै उच्च हो । आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








