• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सुनचांँदी साकोसको अध्यक्षमा रामुदामु सचिवमा शाक्य

  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी (साकोस)को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । शनिबार भरतपुर सम्पन्न संस्थाको १० औं साधारण सभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन भएका हुन् । यस्तै सदस्यहरुमा उत्सव खाती ,रुपा बराली,सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा त्रिलोक भि.के ,सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन हुनु भएको हो ।

    उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर सहकारी तथा रोजगार प्रर्वद्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी संस्थाहरु सदस्य मैत्री हुनुपर्ने बताउनु भयो । सहकारीले सदस्यता विस्तार गर्नुका साथै आफ्ना कमी कमजोरीलाई सुधार्दै लग्नुपर्नेमा उहांँले जोड दिनुभयो । हाल सहकारीमा बचत न्यून देखिने समस्या रहेको भन्दै उहांँले यसलाई सन्तुलनमा ल्याउनुपर्ने बताउनु भयो । सहकारीमा विश्वासको संकट हुन नदिन सबै लाग्नु पर्ने उहांँको भनाई थियो । नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले यस सुनचांँदी साकोसले छोटो समयमै फड्को मार्न सफल भएको बताउनु भयो ।

    सहकारीको हालसम्मको सबै सुचक उत्कृष्ट रहेको भन्दै उहांँले शेयर र बचतको अनुपात मिलाउनु पर्ने बताउनु भयो । सहकारी सञ्चालक एवं व्यवस्थापनले सहकारीमा आकर्षण र विश्वास जित्ने वातावरण बनाउन उहांँले आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका वरिष्ठ सञ्चालक प्रमुख विष्णु प्रसाद वास्तोलाले सहकारीले सदस्यता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । चितवन बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदीले संकटको बेला सहकारीको भुमिका ठुलो हुने बताउनु भयो ।

    उहांँले सहकारीले बचत बृद्धिलाई प्राथमिकता दिंँदै सहकारी विश्वासमा कमी आउन दिन नहुने बताउनु भयो । एउटा सहकारी विग्रेमा अन्य सहकारीमा पनि विश्वासमा कमी आउने भएकाले पूंँजीलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । अन्य वित्तिय संस्थामा ब्याजको मात्र सुविधा हुने तर सहकारी संस्थामा ब्याजको साथसाथै लाभांश पाउने भएकोले सहकारीमा कारोबार गर्ने बानीको विकास गर्नुपर्ने उहांँको भनाई थियो । नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर विश्वकर्माले सुनचांँदी व्यवसायीलाई प्रर्वद्धन गर्न सञ्चालन भएको यो संस्थाले शेयर सदस्य बृद्धि क्रमिक रुपमा बढाउंँदै गएको बताउनुभयो ।

    यस सहकारीबाट व्यवसायीलाई राहत मिलेको बताउंँदै उहांँले अहिले दिंँदै आएको रकम न्यून भएकाले आकस्मिक ऋण उपलब्धतालाई बढाउनु पर्नेमा जोड दिनुभयो । सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकरले निर्वतमान कार्यसमितिको उत्कृष्ट कामको प्रशंसा गर्दै नयांँ नेतृत्वले पनि थप उर्जाका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्माले वित्तिय सहकारीका विज्ञहरुबाट धेरै कुरा सिक्न र बुझ्न आएको भन्दै नयांँ कार्यसमितिले थप जिम्मेवारीका साथ काम गर्नेमा विश्वस रहेको बताउनु भयो ।

    नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहकारी संस्थाहरुले विभिन्न आरोह अवरोह पारगर्दै आर्थिक संकटको बेला व्यवसायीहरुलाई राहत दिन सक्षम रहेको बताउनु भयो । सहकारीले आफ्ना काम कर्तव्य अधिकारलाई थप जिम्मेवारीका साथ निभाउनु पर्ने बताउंँदै आगामी दिनमा यस सहकारी संस्था जिल्लाकै नमुना सहकारी बन्नुपर्ने विश्वास व्यक्त गर्नुभयो। हालको समयमा बैंकले ऋण लगानी ठप्प जस्तै गरेको अवस्थामा सहकारीहरु थप जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलियाले सहकारी र बैंकको सम्बन्ध नंङ्ग र मासुको जस्तै हुने बताउनु भयो ।

    सहकारीको प्रर्वद्धन र व्यवसाय सहजीकरण आफुले सक्दो सहयोग गर्नुपर्ने उहांँले बताउनु भयो। कार्यक्रममा सुनचांँदी व्यवसायी संघ,चितवनका पूर्व अध्यक्ष यम बहादुर विक, राष्ट्रिय सहकारी भरतपुर शाखा प्रमुख सन्तोष ढकाल तथा सहभागी अन्य वक्ताहरुले सहकारीको भुमिका, चुनौति र अवसरका बारेमा धारणा राख्नु भएको थियो । संस्थाका निर्वतमान अध्यक्ष बाबुराम रामदामुको अध्यक्षतामा सम्पन्न कार्य सञ्चालन गर्नुभएको कार्यक्रम टुलकप्रसाद विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन रमेश रामदाम ले गर्नुभएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.