काठमाडौँ । राजधानीको गोंगबुस्थित गणेश स्थानमा एक पुरुषको विभत्स हत्या घटनामा संलग्न रहेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कल्पना शाही रहेकी छन् । उनलाई चितवनको टाँडीस्थित माधवपुरबाट प्रहरीले पक्राउ गरेको हो । गत आइतबार रोल्पाका कृष्णबहादुर बोहोराको गणेश स्थानमा हत्या गरेर सुटकेशभित्र बेवारिसे अवस्थामा शव छाडिएको थियो । उनको सुटकेशमा टाउको विनाको शव भेटिएको थियो । टाउको भने दुई सय मिटरको दुरीमा परेको थियो । उनको पहिचान हुन नसकेपछि यसअघि अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । सोमबार मात्र उनको सनाखत भएको हो ।








