चितवन । चितवनको नारायणगढमा ‘दशै स्नुकर च्याम्पियनसिप’ हुने भएको छ । भामोस स्नुकरको सहकार्यमा च्याम्पियनसिप यही असोज ११ गतेदेखि सुरु हुने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै संयोजक धम्रेन्द प्रधानले प्रतियोगितामा ६० जनाले नाम दर्ता गराइसकेको जानकारी दिनुभयो ।
चितवन, नवलपुर लगायतका जिल्लाबाट प्रतियोगीहरु सहभागि हुने उहाँले बताउनुभयो । भामोस स्नुकर पुतलीबजार कन्या स्कुल रोडमा प्रतियोगिता चल्नेछ । च्याम्पियनसिपबाट हुने मुनाफालाई लागु पदार्थ दुव्र्यसनीहरु विरुद्धको सचेतना अभियानमा खर्चिने संयोजक प्रधानले बताउनुभयो । संयोजक प्रधान पूर्वलागुऔषध प्रयोगकर्ता समेत हुनुहुन्छ ।
उहाँ आजकल दुव्र्यसनी त्यागेर दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ । स्नुकर च्याम्पियनसिपमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वीतियलाई २५ हजार रुपैयाँ, तृतियलाई १५ हजार रुपैयाँ नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ सहित पुरस्कृत गरिनेछ ।








