काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.७ प्रतिशत संक्रमित निको भएका छन् । मुलुकभर ७ हजार २०१ सक्रिय सङ्क्रमित छन् ।








