काठमाडौँ । सरकारले भारततर्फका सीमा नाकाबाट आवतजावतमा पुःन थप कडाइ गरेको छ । सोमबार बसेको बैठकले अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल प्रवेश अनुमति दिइनेछ। यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो । तर, कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले १० नाकामात्र खुला गर्ने निर्णय गरेको हो । सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय भएको छ । यस्तै, सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ । साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने निर्णय भएपनि कोरोनाको जोखिम बढेकोले टेक अवेमात्रै सञ्चालन गर्न दिइने भएको छ ।








