काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई कोरोना संक्रमण भएको छ। अख्तियार स्रोतका अनुसार आइतबार गरिएको स्वाब संकलनको मंगलबार आएको रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको हो। यता अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले भने गत आइतबार आफूसहित ३ सय ८० जनाको कोरोना परीक्षण गरिएको बताए। उनले आफ्नो भने रिपोर्ट नेगेटिभ आएको र अन्यको आउने क्रम रहेको बताए। यसअघि अख्तियारकै ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।








