कुरिनटार । पहिलो पटक गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि चितवनको एक मात्र गाउँपालिका इच्छाकामना १ हप्ताका लागि बन्द भएको छ। गाउँपालिकाको आकस्मिक बैठकले आज देखि १ हप्ताको लागि गाउँपालिकाका साथै मातहतका सम्पुर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेसगै इच्छाकामना गाउँपालिका बन्द भएको हो। मंगलबार राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ मुग्लिनकी ७८ वर्षीया एक वृद्वामा संक्रमण पुष्टि भएको थियो।








