• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवौं राष्ट्रिय खेलकुद : टिम एनआरएनएको, खेलाडी नेपालका

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो ।

    बिहीबार पोखरास्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएको तर्फबाट संजोक राई र विमल घर्ती मगरले १–१ गोल गरेका थिए ।

    तर, एनआरएनएको तर्फबाट मैदानमा उत्रिएका अधिकांश खेलाडी गैरआवासीय नेपाली होइनन्। गोल गरेका राई र घर्ती पनि एनआरएन होइनन् । राई ए डिभिजन लिग खेल्ने खेलाडी हुन् भने घर्ती राष्ट्रिय टिमका खेलाडी हुन् ।

    राईले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफमा राष्ट्रिय टोलीका फरवार्ड घर्तीले सेकेण्ड गोल गरेका थिए ।

    एनआरएनएले रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आबद्ध गराउने मुख्य उद्देश्यसहित ‘एनआरएनए खेलकुद प्रतिष्ठान’को स्थापना गरेको थियो । यही प्रतिष्ठानमार्फत संघले खेलकुद गतिविधिलाई अगाडी बढाइरहेको छ ।

    संघले आठौं राष्ट्रिय खेलकुदमा पनि विदेशबाट आफ्ना खेलाडी ल्याएर सहभागिता जनाएको थियो । तर, यसपटक भने संघले विदेशबाट आफ्ना खेलाडी ल्याउन सकेको छैन। यद्यपि मलेसियालगायतका देशबाट केही एनआरएन खेलाडी भने फुटबलमा सहभागी छन् ।

    प्रदेश १ ले एनआरएनएका सदस्य नभएका खेलाडीलाई टोलीमा राखिएको भन्दै विरोध समेत जनाएको थियो । तर, खेलपछि प्रोस्टेट पनि हाल्न पाउने भनेपछि बल्लतल्ल खेल सुरु भएको थियो ।

    एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाका अनुसार विदेशबाट खेल्न आउने तय भएका आफ्ना खेलाडी नआएकोले नेपाली खेलाडी समावेश गर्नुपरेको बताए ।

    ‘आउने तय भइसकेका कतिपय खेलाडी कारणवश नआएकोले हो । अरू टिममा पनि बाहिरी खेलाडीलाई राखिएको छ। राख्न पाइन्छ भनेपछि हामीले पनि राखेका हौं,’ युवा उपाध्यक्ष थापाले भने ।

    ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेसा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ। यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ,’ गैरआवासीय नेपाली ऐनमा उल्लेख छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.