• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

व्यवसाय समाप्त हुनबाट जोगाउन लेयर्स कुखुरा व्यसायी अग्रसर

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यवसायीक फर्मका सञ्चालकहरुले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरुले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसानहरु मारमा परेका छन् भने अर्काेतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाईने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन ।

    अण्डा बजारका यावत समस्याहरु समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माणा गरेर काम शुरु गरेका हन् । उनीहरुले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक फर्महरु संगठित भएर “नेपाल लेयर्स कुखुरा पालक संघ” गठन गरेका हुन् । लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्याधिक बृद्धि, बैंकको व्याजदर बृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । कतिपयको बैंकमा व्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ । नवगठित संघका अध्यक्ष विनोद पोखरेल अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउनुहुन्छ ।

    नवलपरासीमा चार लाख लेयर्स कुखुरा पाल्दै आउनु भएका दाउन्ने कर्पाेरेशनका कार्यकारी निर्देशक समेत रहनु भएका पोखरेल समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनु पर्ने अवस्था आउने बताउनुहुन्छ । दैनिक दुई लाख ३१ हजार आफ्नै अण्डा उत्पादन र एक लाख ३० हजार संकलन गरेर बजार पठाउँदै आएको भन्दै उहाँले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नु परेको बताउनुभयो । संघले छरिएर रहेका व्यवसायीलाई संगठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अण्डाको खपत बढाउने कुरामा लाग्ने उहाँको भनाई छ ।

    बैंकको चर्काे व्याजदरलाई घटाउनका लागि पहल गर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब हामीले समयमै पहल कदमी गरेनौं भने हामी व्यवसायी विस्थापित मात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ ।” एक प्रतिशत भन्सार मूल्य तिर्दै आएको भटमास पिनाको भन्सार मूल्य नौ प्रतिशत हुँदा लागत मूल्य बढेको उहाँ बताउनुहुन्छ । संघका संरक्षक एवं नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट हाल अण्डाको ८० प्रतिशत उत्पादन गर्ने व्यवसायी संघमा रहेको भन्दै लागत मूल्य घटाएर उत्पादन बढाई बजारीकरण गर्न संघ लाग्ने बताउनुभयो ।

    महासंघसँग सहकार्य गरेर खपत बढाउने काममा लाग्नुपर्ने उहाँको भनाई छ । व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको भन्दै उहाँले संगठित भएर व्यवसाय बचाउनु पर्नेमा जोड दिनुभयो । संघका महासचिव शोभाकान्त ढकाल करिब करिब यो व्यवसाय समाप्त हुने अवस्थामा पुगेपछि संगठित भएको बताउनुहुन्छ । स्याङ्जा जिल्लामा खिलुङ कालिका फर्ममा २ लाख ५० हजार कुखुरा पाल्दै आउनु भएका ढकालले दैनिक एक लाख ७० हजार अण्डा बजारमा बिक्री गर्दै आउनु भएको छ ।

    उहाँको भनाईमा अहिले अण्डामा लागत मूल्य प्रतिगोटा रु.१५ छ भने बिक्री मूल्य रु.१० मात्रै छ । एउटै अण्डामा रु.५ देखि ६ सम्म नोक्सान व्यहोर्दा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उहाँ गुनासो गर्नुहुन्छ । दानाको कच्चा पदार्थको मूल्य र बैंकको व्याज घटाउन नसकेमा व्यवसायी नटिक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “सरकारले व्यवसायीको मर्का बुझेको छैन । हामी आफै संगठित भएर समस्या समाधान तर्फ लागेका छौं ।” बिजु ग्रुपबाट सञ्चालित दुम्किबास पोल्ट्री फार्मका अप्रेशनल म्यानेजर एवं संघका सदस्य सञ्जिव खनाल अण्डाको लागत मूल्यभन्दा अण्डाको बिक्री मूल्य कम भएपछि बजारलाई व्यवस्थित गर्न संगठित हुनु परेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो “१५ वर्ष अघिको अण्डाको मूल्य अहिले पनि उही छ, लागत मूल्य धेरै बढिसक्यो ।” ७८ प्रतिशत अण्डाको लागत दानामा निर्भर हुने भन्दै उहाँले यसको मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनामा लगाईएको भन्सारका कारण दानाको मूल्य आकाशिएको बताउनुभयो । गएको एकवर्ष यता लगातार रुपमा नोक्सान व्यहोरिरहनु परेको उहाँ बताउनुहुन्छ । हाल चार लाख लेयर्स कुखुराबाट दैनिक २ लाख १० हजार अण्डा उत्पादन गरिरहेको छ ।

    ठूला व्यवसायी संगठित भएर लाग्नुपर्ने अवस्था आएको संघका सचिव मदन पोखरेल बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब व्यवसायी र सरकार सहकार्य गर्न नसके नेपालको पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।” नेपालको पोल्ट्री व्यवसायमा रु.१ खर्ब ५० अर्ब लगानी रहेको छ । यसको झण्डै आधा लेयर्स कुखुरा पालनमा रहेको छ । अहिले दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.