हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रहेको औद्योगिक क्षेत्रमा रोकेर राखेको दुईबटा ट्रकमा आगलागी भएको छ । आगलागीको कारण ट्रकमा क्षति पुगेको छ ।
औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि राखेको ट्रकमा आगलागी भएको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना५ख ६५०३ र ना६ख ७८२६ नम्बरको ट्रकमा आगलागी भएको हो । मकै लोड गरेर राखिएको ट्रकका आगलागी भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औधोगिक कार्यालयका कर्मचारी र भ्याली पेलेटका कर्मचारीको सामुहिक प्रयासमा आगलागीलाई नियन्त्रणमा लिईएको हो ।








